पोल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश


मंसिर १८, काठमाडाैँ। साविक विश्वविजेता फ्रान्स विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ को खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा ओलिभर जिरूडले १ र केलियन एमबाप्पेले २ गोल गरेका थिए। फ्रान्सले पहिलो हाफको ४४ औँ मिनेटमा जिरूडको गोलमार्फत अग्रता बनाएको थियो।

त्यस्तै, खेलको ७४ र ९० मिनेटमा एमबाप्पेले गोल गर्दा फ्रान्स सहज जिततर्फ उन्मुख भयो। तर, थप गरिएको समयमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरेपछि फ्रान्सले ३–१ को जित निकाल्यो।

अब फ्रान्सले क्वार्टरफाइनलमा इंगल्याण्ड र सेनेगलको खेलको विजेतासँग खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]