दोलखामा मतगणना सुरू


मंसिर १५, काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना सुरू भएको छ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो। आज प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गरिने जनाइएको छ।

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले)बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

दोलखाको १० मतदान केन्द्रमा आज पुनः मतदान भएको थियोे भने जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]