पूर्वी नवलपरासीमा भीरबाट जिप खस्यो : तीन जनाको मृत्यु, ७ घाइते

मंसिर १५, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका–५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ। उनीहरू सनाखत हुन बाँकी छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ।