तस्मानियामा गोठमा आगलागी हुँदा बालकको मृत्यु


मंसिर १५, मेलबर्न अष्ट्रेलिया । तस्मानियामा एउटा गोठमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। उक्त घटनामा गम्भीर घाइते भएका दुइ जनालाई अस्पताल लगिएको छ।

तस्मानिया पुलिसका अनुसार आपतकालीन सेवाहरूले आज दिउँसो १.३० बजे पछि मोब्रेको लन्सेस्टन उपनगरको भेर्डुन स्ट्रिटमा गोठ पूर्ण रूपमा जलेको पाएका थिए।

‘एक बालक मृत अवस्थामा फेला परेका छन् भने अर्को बालकलाई गम्भीर चोटपटक सहित अस्पताल लगिएको छ।’ प्रहरीले भनेको छ।

घटनामा घाइते भएका बालक एकै परिवारका नभएता पनि एक अर्कामा परिचित भने रहेको पाइएको छ। तस्मानिया फायर सर्भिसले आगलागीको कारणको अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]