उदयपुरमा २३ वर्षीय महिलालाई बलात्कार गर्ने ६१ वर्षीय पुरुष पक्राउ


मंसिर १५, काठमाडौँ । उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ।

गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]