सिड्नीमा कारले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु, अर्का एक जना घाइते


Photo : 7News

मंसिर १५, मेलबर्न अष्ट्रेलिया । सिड्नीको उत्तरपश्चिममा पैदलयात्रीलाई कारले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। न्यु साउथ वेल्स प्रहरीका अनुसार, दुर्घटना बिहीबार बिहान करिब ११.२० बजे कारलिंगफोर्डको रेम्ब्रान्ड सेन्टमा सपिङ सेन्टरको पछाडि भएको थियो।

प्यारामेडिकहरूले १७ वर्षीय युवकको उपचार गरेता पनि उनको घटनास्थलमै मृत्यु भएको थियो।

उनको औपचारिक पहिचान भने भइसकेको छैन। तर उनी केवल १० मिनेट टाढा रहेको कार्लिङ्गफोर्ड हाई स्कुलकोको विद्यार्थी भएको अनुमान गरिएको छ।

घाइते भएका अर्का युवकलाई अस्पताल लगिएको छ। कार ९० वर्षीया महिलाले चलाएको पाइएको छ। कार ठोक्किएर च्यापिएपछि कारको केही भाग काटेर उनको उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

प्रत्यक्षदर्शी वा सम्बन्धित ड्यासक्याम फुटेज भएका जो कोहीले 1800 333 000 मा क्राइम स्टपरलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]