पाँच सयले बढ्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


मंसिर १५, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले बढेको छ। बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार एक सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सय थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]