सुनसरी-४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी


मंसिर १५, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा सुनसरी–४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिश प्रसाद किसियैतलाई ११२ मतले पराजित गरेका हुन्।

संचारमन्त्री समेत रहेका कार्की ३० हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन्। एमालेका किसियैतले ३० हजार ३७१ मत ल्याए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]