हारेर पनि अन्तिम १६ मा पुग्यो पोल्याण्ड

मंसिर १५, काठमाडौँ । अर्जेन्टिनासँग हारे पनि पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा पोल्याण्ड अर्जेन्टिनासँग २–० ले हारेको थियो। तीन खेलबाट ४ अंक हात पारेको पोल्याण्ड पनि समूहको उपविजेताको रुपमा नकाउट चरणमा पुगेको हो।
समान ४ अंक हात पारेको मेक्सिको भने समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा साउदी अरेबियालाई २–१ ले पराजित गरेर पनि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो।
पोल्याण्ड र मेक्सिकोबीच अंक बराबर भए पनि गोल अन्तरको आधारमा पोल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो।