अर्जेन्टिना कतार विश्वकपको अन्तिम १६ मा प्रवेश

मंसिर १५, काठमाडौँ । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति स्टेडिय ९७४ मा भएको खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।
पहिलो हाफमा कप्तान लियोनेल मेसीले पेनाल्टीमा मिस भएको थियो। ४८औं मिनेटमा मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
अर्जेन्टिनाका लागि ६७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।