विश्वकप : अस्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा


मंसिर १४, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा डेनमार्कलाई १–० गोलले हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरको छ।

अल जानोब रंगशालामा आज सम्पन्न खेलमा डेनमार्कलाई हराएसँगै समूह उपविजेता हुँदै अस्ट्रेलिया अन्तिम १६ मा पुगेको हो ।

अस्ट्रेलियाको जितमा माथ्यू लिकीले खेलको ६०औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै अस्ट्रेलिया १६ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो। यसअघि सन् २००६ को विश्वकपमा नाकआउट चरणमा इटालीसँग १–० गोलको नतिजमा पराजित भएको थियो।

समूह चरणको पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलको नतिजमा पराजित भएको अस्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई १–० को नतिजमा पराजित गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]