जबर्जस्ती करणी गरेको अभियोगमा लिम्बू पक्राउ


मंसिर १४, ओखलढुंगा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले बलात्कार अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]