राजनीतिक संयन्त्र बनेपछि अब संविधान लेखन अघि बढ्ने दाहालको विश्वास


एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिन अगाडि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएकाले अब संविधान लेखनले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । सदरमुकाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘काँग्रेस, एमाले, मधेस केन्द्रित दल सम्मिलित संयन्त्र गठन भएको छ, यसको बैठक भोलि(शनिबार) बस्दैछ, अब संविधान निर्माणले गति लिनेछ ।’ अध्यक्ष दाहालले मधेसी, दलित, मुुसलमानलगायत सबैको अधिकार र पहिचानसहितको संविधान निर्माण गर्न आफू अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता जनाउँदै आफू संयन्त्रको संयोजक भएको नाताले हरेक समुदायको अधिकार र पहिचानका लागि लडिरहने बताउनुभयो । सिरहा क्षेत्र नं ५ बाट निर्वाचित सभासद्समेत रहेका उहाँले भन्नुभयो, ‘संविधानसभाको समयमा सिरहाबासीसँग जुन प्रतिबद्धता जनाएको छु, त्यसअनुसार काम गरेर देखाउँछु ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]ine.com