विश्वकप फुटबल : एक खेल अगावै ब्राजिल अन्तिम १६ मा प्रवेश

मंसिर १३, काठमाडौँ । ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। पाँच पटकको विजेता ब्राजिललेसोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १–० गोलले पराजित गरेको हो।
ब्राजिलको जितमा कासेमिरोले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८३ मिनेटमा रोद्रिगोले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई पराजित गरेको थियो। समूहमा तीन अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ।
एक एक अंक जोडेका क्यामरुन र सर्बिया क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अब अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्यान्ड र सर्बिया भिड्नेछन्।