कुदुसको दोस्रो गोलसँगै पुन: घानालाई अग्रता


मंसिर १२, काठमाडौँ । घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुनस् पछि परेको छ। खेलको ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाले ३–२ को अग्रता लिएको हो।

त्यसअघि पहिलो हाफको ३४औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। घानाका लागि पहिलो गोल २४औं मिनेटमा मोहम्मद सलिसुले गरेका थिए। दोस्रो हाफमा ३ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा फर्किएको कोरिया पुनः पछि परेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]