पारस शाह थाईल्याण्डमा पक्राउ, लागूऔषध बोकेर हिंडेको अवस्थामा गाडीबाटै बरामद


पूर्वयुवराज पारस शाह नेपाल फर्कने चर्चा चलिरहेको बेला उनी फेरि थाईल्याण्डमा लागूऔषधसहित पक्राउ परेका छन् ।
हृदयघात भएपछि उपचार गरी अब कहिल्यै लागू औषध नखाने भनी कागज गरेपछि उनलाई प्रहरीले छोडेको थियो । त्यसपछि उनलाई सुधार गृहमा समेत राखिएको थियो । यसपछि विभिन्न समयमा कहिले गल्फ खेल्दै त कहिले नेपाली क्रिकेट खेलाडीसँग देखिएका पूर्वयुवराज अब पक्राउ परेको मात्र होइन उनलाई प्रहरीले हतकडी लगाएर सार्वजनिक समेत गरेको छ । यता पिता ज्ञानेन्द्र पनि हृदयघात भई आराम गरिरहेका छन् भने उता पारस शाह समेत यस्तो काण्डमा पक्राउ परेपछि यतिबेला राजा आउ देश बचाउ भनेर नारा लगाउनेहरुको हरिविजोग भएको छ ।

थाईल्याण्डको प्रहरीले सार्वजनिक गरेका केही तस्वीहरु हेरौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]