अष्ट्रेलियन लगानीमा काठमाडौं होटल निर्माण हुँदै, ५० हजारले रोजगारी पाउने, प्रधानमन्त्रीले शिलान्यास गर्दै


नेपालको प्रमुख आयश्रोतमध्येको एक पर्यटन हो। गुणस्तरीय पर्यटक आउन सके देशले कायापलट गर्नसक्छ । तर, यसका निम्ति उनीहरुको लागि स्तरीय होटल आवश्यक पर्दछ। नेपालमा स्तरीय होटल छन् तर तिनले अझै पनि पर्यटकहरुको निम्ति उच्चस्तरको सेवा दिन सकिरहेका छैनन्। यसैक्रममा शुक्रबार एमआईटी ग्रुप होल्डिङसको आठ अर्ब लगानीमा पाँचतारे शेराटन काठमाडौं होटल निर्माण गर्ने घोषणा गरेको छ। आज होटलको शिलन्यास प्रधानमन्त्री सुशील कोइरालाले गर्दै हुनुहुन्छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाँच तारे लक्जरियस होटल २०१८ फेब्रुअरीमा संचालनमा आउने जानकारी एनआरएनका अध्यक्ष एवं अष्ट्रेलियाका नेपाली शेष घले र जमुना घलेले गर्नुभयो।
काठमाडौंको कान्तिपथस्थित केशरमहलमा रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ।
‘होटलको डिजाइन र नक्सा पास भइसकेको छ। शिलन्याश लगतै निर्माण सुरु हुनेछ,ु कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भन्नुभयो। होटलमा सत प्रतिशत बैदेशिक ९अष्ट्रेलियन० लगानी रहने छ। होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने व्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ। स्टारबुड होटल र रिर्सोट वल्डवाइड इंकले संचालन गर्ने विभिन्न ब्रान्डमध्ये शेराटन पनि एक हो। शेराटन ब्रान्डमा विश्वका करिव ७० मुलुकमा चार सय होटल संचालनमा छन्। स्टारबुडले शेराटनवाहेक द लक्जरी कलेक्सन, ली मेरिडिन लगायत ब्रान्डमा विश्वका झन्डै एक सय मुलुकमा होटल संचालन गरेको छ।
कम्पनीका अनुसार १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुनेछन्। होटलमा २ सय १८ वटा गेष्टरुम र सुइट रहने छन्। हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछ। होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने र होटल संचालनपछि ४ सय ५० जना दक्ष जनशक्तिले रोजगारी पाउने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]