तीन मुक्का प्रहार गरेको आरोपमा तीन वर्ष ४ महिना जेल


सिड्नी । तीन मुक्का प्रहार गरी गत वर्ष सिमोन क््रयाम्पलाई आक्रमण गरेको अभियोगमा डानियल एन्जेलोसलाई तीन वर्ष ४ महिना जेल सजाय सुनाइएको छ । सिड्नीको सिटी एरियास्थित रक्स क्षेत्रमा गतवर्ष जुन महिनामा निजले आक्रमण गरेका थिए । तीन पञ्च प्रहार गरेपछि क््रयाम्प भुईमा ढल्दा उनको टाउकोमा नराम्रो चोट लागेको थियो । यस लगत्तै अस्पता लगिएका उनको केही समय गम्भीर उपचार गर्नुपरेको थियो । जेलमै रहेका एन्जेलोसलाई आगामी वर्षको अगष्टसम्म जेलमै राखिनेछ । फैसला सुनाएपछि सिमोनले भनेका छन्, म अहिले पनि त्यस घटनापछि तनाव महसूस गरिरहेको छु । मेरो जिन्दगी नै फरक भएको छ । यस घटनामा सिमोनकी आमाले आपूmहरु भाग्यमानी भएको र अपराधीलाई कारवाही गराउन सफल भएको प्रतिक्रिया दिएकी छिन् । यस्ता कैयौं व्यक्तिहरु छन् जो मुक्का खान्छन् तर केही कारवाही गराउन सक्दनन्, उनले भनेकी छिन् । तस्वीरमा पीडित सिमोनको परिवार

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]