चार वर्षअघि मृत्यु भएका मालिकलाई अस्पतालको गेटमा फर्खिरहेकी ‘काली’


कार्तिक ७, काठमाडौँ । मानिस र कुकुरको सम्बन्ध देखाउने दर्जनाैँ फिल्महरू सार्वजनिक भएका छन्। कुकुरसँग मात्रै नभएर अन्य जनावरहरू पनि मानिससँग धेरै नजिक हुन सक्छन् भनेर देखाउने फिल्म सयाैँ छन्।

त्यसमध्ये चर्चित फिल्म हो ‘हाचि’। सन् २००९ मा रिलिज भएको यो जापानिज फिल्म हो। यस फिल्ममा मानिसलाई कुकुरले कतिसम्म माया गर्छ भन्ने देखाउन खोजिएको छ। हाचिको यति प्रख्यात थियो कि उसको वफादारताको प्रतिमा बन्न पुग्यो। जापानाको एक रेल स्टेशनमा हाचिको प्रतिमा नै बनाइएको छ।

विदेशी कथामा बनेका फिल्महरू जस्तै नेपालमा पनि मालिकप्रति बफादार कुकुरहरू छन्। उनीहरू मालिकको मृत्यु भएको धेरै वर्षपछि समेत अस्पतालमा मालिक आउँछन् भनेर बसिरहेका छन्।

६ वर्षअघि अल्का अस्पतालमा एक युवकको मृत्यु भयो। उपचार गर्न अस्पताल पुर्याइएका व्यक्तिसँगै कुकुर पनि लगिएको थियो। छ वर्षसम्म बित्दा पनि ‘काली’ नाम दिइएको उक्त कुकुर अस्पतालको ढोकामा नै मालिकको प्रतिक्षा गरिरहेकी छ।

बिरामी युवकको निधनपछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर, उक्त प्रयास असफल भयो।

त्यस्तै, अर्को एकान्तकुना स्थित मेडिसिटी अस्पतालको ढोकामा पनि एउटा कुकुर छ। त्यो कुकुरको कथा पनि उस्तै छ।

मालिक बिरामी भएर चार वर्षअघि अस्पताल ल्याएको थियो। उपचारकै क्रममा मृत्यु भयो। तर, कुकुर अझै घर फर्किएको छैन।

अस्पताल प्रशासनका अनुसार कुकुरले थाहा नपाओस् भनेर उसको मालिकको शव अस्पतालको अर्को ढोकाबाट निकालिएको थियो। उसको मालिकको अन्तिम संस्कार भइसकेक छ। तर, मालिकको पर्खाइ भने कुकुरले अझै छोडेको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]