डोटी दुर्घटनामा परेकाहरूको सम्झनामा दीप प्रज्ज्वलन


डोटीको बुडर–जोरायल राजमार्ग तथा देशका अन्य स्थानमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै टुइट नेपाल नामक संस्थाले द्वीप प्रज्ज्वलन गरेको छ । उक्त संस्थाले माइतीघर मण्डलामा द्वीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जलि दिँदै उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको हो । संस्थाका अध्यक्ष राज खरेलले उक्त दुर्घनाहरूको छानबिन गरी दोषीलाई कारबाही एवम् मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]