आलोचना भएपछि पत्रिकाले माफी


गतसाता न्यूयोर्क टाईम्सले एउटा कार्टुन प्रकाशित गर्यो। जसमा मंगलग्रहमा भारतले पनि यान पठाएर पाएको सफलतालाई व्यंग्य गरिएको थियो। जहाँ एउटा गोरुसहित धोती लगाएको भारतीय नागरिक उच्चवर्गीय अन्तरीक्ष क्लबको ढोका ढक्ढक्याइरहेको देखिन्छ। जब यो कार्टुन प्रकाशित भयो त्यसपछि थुप्रै आलाचना भयो। पश्चिमा देशको आँखाले विकासोन्मुख देशले गरेको प्रगतिलाई हेर्न नसकेको भनी आलोचना भएपछि पत्रिकाले माफी मागेको छ। उसले कार्टुनको व्याख्या गर्दै भनेको छ, यसबाट पर्न गएको भावनात्मक चोटका लागि हामी माफी माग्दछाँैं। तर, कार्टुनको आशय होच्याउने नभई अन्तरीक्ष क्लबमा भारत पनि आईपुग्यो भन्ने देखाउनु मात्र रहेको पत्रिकाका सम्पादकीय पेजका प्रमुख एन्ड्रयू रोजेथललेले माफी माग्दै आएका प्रतिक्रियाहरुको सम्मान गरिने बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]