घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु


असोज १८, लमजुङ। मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]