सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने


असोज १८, काठमाडाैँ। सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने छ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो। झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन्।

गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन्। यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]