जारी सिजनामा लेस्टर सिटीको पहिलो जित


असोज १८, एजेन्सी। लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ।

सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो।

२५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो।

३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए। ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए।

आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ। समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]