फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु


असोज १६, एजेन्सी। इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ।

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए। सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटवल दर्शकको मृत्यु भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]