गोठाटार हत्याकाण्डः तीन जना पक्राउ गरी प्रहरीले गर्यो सार्वजनिक


असोज १४, काठमाडाैँ। गोठाटार हत्याकाण्डमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरि शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन्।

उनीहरूले मोहम्मदको हत्या गर्ने समूहलाई विभिन्न तरिकाले सहयोग गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पाएर जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

तर, घटनामा संलग्न मुख्य व्यक्ति अझै पक्राउ परेका छैनन्। प्रहरीले खोजी तीव्र पारेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]