मेस्सीको गोलमा अर्जेन्टिनाको सहज जित


असोज १२, एजेन्सी। वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ।

बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो।

खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे। ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाए। ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गरे।

यस अघि मेस्सी ५६औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए। अर्जेन्टिना कतार विश्वकपको तयारीमा रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]