पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा


असोज १२, एजेन्सी। पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छ। स्पेनको जितमा ८८औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे।

जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ। पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]