सल्यानमा जीप दुर्घटनाः ८ जनाको घटनास्थलमै मृत्यु, मृतकको खुल्यो पहिचान


फाइल तस्बिर।

असोज १२, सल्यान। सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ। कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन्।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन्।

घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]