अरिङ्गालले टोकेर एक जनाको मृत्यु


असोज ११, बागलुङ। बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र मंगलबार बिहान घरमै ज्यान गएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]