सिड्नीको आगलागीमा घाइते नेपाली युवकको उपचारमा आर्थिक अभाव, गोफन्डमीमा सहयोग संकलन सुरू


असोज ११, मेलबर्न अष्ट्रेलिया । सिड्नीमा आगलागीमा परी घाइते भएका नेपाली युवकको उपचारका लागि आर्थिक अभाव भएको छ। उनको उपचारमा आर्थिक अभाव भएपछि ‘गोफन्डमि’ मा आर्थिक सहयोग जुटाउन सुरू गरिएको छ।

घाइते भएका छन्दक पुन मगरका आफन्त अनिल घर्तीले तास्मानियाबाट सहयोग संकलन सुरू गरेका हुन्।

घाइते विद्यार्थीको रोयल नर्थ सोर अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ। दुवै हात र घाँटी जलेर घाइते भएका उनको शरिरको १२ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्।

इन्सुरेन्सबाट पूरै आर्थिक साथ नमिल्ने भएकाले हातको अप्रेसन गर्नका लागि आर्थिक सहयोगका लागि गोफन्डमिमा आर्थिक संकलन सुरू गरिएको हो।

गोफन्डमिमा ३५ हजार अष्ट्रेलियन डलर सहयोग जुटाउने लक्ष्य राखिएको छ। जसमा अहिलेसम्म १० हजार ७३६ डलर संकलन भइसकेको छ।

गत सेप्टेम्बर १४ तारिखको बिहान न्यु साउथ वेल्सको हर्स्टभिलस्थित कोठामा आगलागी भएपछि उनि घाइते भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]