एएनएमीसले आगामी शनिबार भिक्टोरियामा दशैँ बिशेष कार्यक्रम गर्ने


मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र एएनएमीसीले विजया दशमीको अवसरमा आगामी शनिबार दशैँ बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

एएनएमीसीका अध्यक्ष राजेश आचार्यले एमएनटीभी सँग कुरा गर्दै भिक्टोरियाका सबै नेपालीको समुदायको संस्कृति जर्गेना उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको बताएका छन्। ‘हामीले पहिलो पटक आफैले किनेको जग्गामा बिधिवत जमरा राखेर दशैँ कार्यक्रमको आयोजना गर्नुको मुख्य उदेश्य भनेको नै नेपाली समुदायको केन्द्र स्थापना गर्नु हो’, आर्चायले बताए। डण्कन्स लेन परिसरमा हुने कार्यक्रममा करिब १२ सय एएनएमीसीका सदस्य सहित धेरैको सहभागीता हुने अनुमान गरिको छ।

दशैँ बिशेष कार्यक्रममा माता दुर्गा भवानको पूजा अर्चना सहित भजन कृर्तन र साँस्कृतिक कार्यक्रम हुनेछ। साथै घटस्थापनाको दिनमा राखिएको जमरा पनि वितरण गरिनेछ।

एएनएमीसीको आफ्नै भवनमा घटस्थापना देखि हरेक दिन पुजा अर्चना, दुर्गा पूजा र चण्डी पाठ सहित पुजारी द्वारा दैनिक पूजा बिहान २ घण्टा र साँझ डेढ घण्टा बिशेष पुजा भइरहेको छ।

एएनएमसीले दशैं मनाउन राज्य सरकारबाट बहुसांस्कृतिक महोत्सव अनुदान र ह्युम सिटी काउन्सिलबाट चाडपर्व अनुदान प्राप्त गरेको थियो। अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएसँगै यहाँ रहेका बिभिन्न संस्थाहरुले आफ्नो संस्कृतिको जर्गेना गर्दै रमाइलो गरेर चाडपर्व मनाउने क्रम पनि बढेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]