अस्ट्रेलियामा पेट्रोलको मूल्य अझ बढ्दै 


असोज ११, मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियामा कोभिड यता निकै तीव्र गतिमा मूल्य वृद्धि भइरहेको छ। 

यो क्रम आगामी महिना देखि झन् बढ्ने भएको छ।  अस्ट्रेलिया सरकारले आगामी अक्टोबर महिनाबाट पेट्रोलको मूल्य बढ्ने संकेत गरेको छ। आगामी महिनाबाट पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर शुन्य दशमलव दुई पाँच प्रतिशतले बढ्ने जनाइएको छ। 

अघिल्लो सरकारले जारी गरेको इन्धन अन्तःशुल्क कटौतीको म्याद सेप्टेम्बर २९ मा सकिँदै छ। यसबाहेक पेट्रोलियम पदार्थ निर्यात राष्ट्रहरूको संस्था ओपेकले पनि प्रतिदिन एक लाख ब्यारल तेल उत्पादनमा कटौती गरेको छ। 

जसको कारण अस्ट्रेलिया मात्र नभई संसारभर नै तेलको मूल्य बढ्ने निश्चित छ। पेट्रोलको मूल्य बढेसँगै यसको जीवन यापनमा प्रत्यक्ष असर पार्ने छ। कोभिड पछि निरन्तर उकालो लागेको मूल्य वृद्धि झनै अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]