बेल्जियम र नेदरल्यान्डको जित


असोज ७, काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन्।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्याे। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। पराजित वेल्स १ अंक जोडेर पुछारमा छ। समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्याे। नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ। पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]