झापाको अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन विभागको आग्रह


असोज ७, काठमाडौँ । झापाका अधिकांश स्थानमा शुक्रवार बिहान भारी वर्षा भएको छ।

बिहान ५ बजेको मापनअनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई–गैडे, दमक लगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीमा आसपास भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–रतुवा लगायत झापाका स(साना नदीमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]