नागा चैतन्यसँग डिभोर्सपछि दोस्रो विवाहको तयारीमा सामन्था


असोज ६, मुम्बई । दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन्। हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो। अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन्।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन्।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन्। अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन्। सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन्। उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]