भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत


असोज भक्तपुर ६, काठमाडौँ । भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन्।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ।

राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]