कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार


असोज ६, काठमाडौँ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ।

समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो।

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]