एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड पोजेटिभ


असोज ६, एजेन्सी। डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् ।

मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो।

८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन । उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् ।

उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]