व्यक्तिगत सम्पत्तिका आधारमा अष्ट्रेलियनहरू सबैभन्दा धनी, कति छ उनीहरूको औसत सम्पत्ति ?


असोज ५, मेलबर्न अष्ट्रेलिया । जीवनयापनको खर्च बढेर संकटकै अवस्था देखिएता पनि अष्ट्रेलियाका नागरिकहरू विश्वमै सबैभन्दा धनी भएको पाइएको छ। भर्खरै प्रकाशित नयाँ रिपोर्ट अनुसार अष्ट्रेलियनहरू विश्व मै सबैभन्दा धनी पाइएका हुन्।

क्रेडिट सुइस ग्लोबल वेल्थ रिपोर्टले अष्ट्रेलियाली वयस्कको औसत व्यक्तिगत सम्पत्ति ४ लाख ९ हजार ५५ अष्ट्रेलियन डलर भएको देखाएको छ। यो रकम अमेरिकी डलरमा २ लाख ७३ हजार ९ सय हुन्छ।

औसत सम्पत्ति पत्ता लगाउन प्रतिवेदनले सम्पत्ति वितरणलाई दुई समान समूहमा विभाजन गरेको थियो। जसमा आधा वयस्कहरूसँग औसतभन्दा माथि र बाँकी आधासँग औसतभन्दा कम सम्पत्ति भएको पाइएको छ।

‘प्रति वयस्क औसत सम्पत्तिको आधारमा वर्गीकरण गर्ने देशहरूले सम्पत्ति असमानताको तल्लो स्तर भएकाहरूलाई पक्षमा पार्छ।’ रिपोर्टले उल्लेख गरेको छ। ‘औसत सम्पत्ति मापदण्डको आधारमा अब अष्ट्रेलिया २ लाख ७३ हजार ९ सय डलर सहित शीर्ष स्थानमा छ। त्यस्तै, दोश्रो स्थानमा २ लाख ६७ हजार ८ सय डलरसहित बेल्जियम रहेको छ।’

२०२१ र २०२२ मा सम्पत्तिहरूको मूल्य उल्लेख्य रूपमा बढेका कारण अधिकांश अष्ट्रेलियनहरूको औसत सम्पत्ति बढेको रिपोर्टमा उल्लेख गरिएको छ।

आवास बजारहरू पहिले महामारीको चरम समयमा समस्यामा परेको भएता पनि २०२० को दोस्रो भागमा पुन: बढेर २०२१ मा वृद्धिक्रम जारी रहेको रिपोर्टमा उल्लेख छ।

‘हाउजिङ मार्केट बढाउन कम ब्याज दर सम्भवतः एक जिम्मेवार पक्ष मानिएको छ। २०२१ मा प्रायः कुनै देशमा पनि घरहरूको मूल्य नघटेको देखिएको छ।’ उक्त रिपोर्टमा उल्लेख छ।

यी हुन् औसत सम्पत्तिका आधारमा प्रति वयस्क सबैभन्दा बढी सम्पत्ति भएका १० देशका नागरिकहरू (अष्ट्रेलियन डलरमा)

१. अष्ट्रेलिया – ४,०९,०५५ डलर

२. बेल्जियम – ४, ००,०८० डलर

३. न्यु जिल्याण्ड – ३,४५,३७५ डलर

४. हङकङ – ३,०२,२४४ डलर

५. डेनमार्क – २,५५,६३३

६. स्विट्जरल्याण्ड – २,५१,०१९ डलर

७. क्यानडा – २,२५,८८४ डलर

८. नेदरल्याण्ड्स – २,१३,५४८

९. युके – २,११,३९७ डलर

१०. फ्रान्स – २,०७,८४३ डलर

याहु फाइनान्स अष्ट्रेलियाको सहयोगमा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]