अमेरिका जाने विद्यार्थीहरू लिएर एयरपोर्ट जाँदै गरेको बस मेलबर्नमा दुर्घटनाः करीब ३ दर्जन घाइते


असोज ५, मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन्। यात्रुबाहक बससँग ट्रक ठोक्किँदा करीब ३ दर्जन व्यक्ति घाइते भएका हुन्।

घाइते हुनेमा २७ जना स्कुले छात्राहरू रहेका छन्। उनीहरूलाई थप उपचारका लागि अस्पतला लगिएको छ। बुधबार बिहान करिब ३ः१५ बजे पश्चिम राजमार्गमा बाचस मार्समा दुर्घटना भएको हो। विद्यार्थी सवार बस सडक किनारमा खसेको थियो।

उक्त दुर्घटनामा एक छात्रा र ट्रक चालक गम्भीर घाइते भएको जानकारी दिइएको छ। बसमा सवार अन्य २६ विद्यार्थी, चार वयस्क र बस चालकलाई निरीक्षणका लागि अस्पताल लगिएको छ।

बसमा सवार विद्यार्थीहरू अमेरिकामा हुने अन्तरिक्ष शिविरमा प्रस्थान गर्नका लागि मेलबर्न एयरपोर्टमा जाँदै थिए। सोही क्रममा बस र ट्रक ठोक्किएका हुन्। पश्चिम राजमार्गका मेलबर्न जाने लेनहरू केही घण्टा बन्द रहने र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

आफ्ना बालबालिकाको बारेमा जानकारी लिन चाहने कुनै पनि सम्बन्धित अभिभावकलाई घटनास्थलमा नआउन प्रहरीले अनुरोध गरेको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]