भारतलाई अष्ट्रेलियाले हरायो


असोज ५, काठमाडौँ । अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी–२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ। भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको क्षतीमा पूरा गर्यो।

अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे। त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे। स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्डेयाको अविजित ७१ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो।

भारतका लागि ओपनर केएल राुहलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ५५ रन जोड्दा पाण्डेयाले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, सुर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौका मद्दतमा ४६ रन जोडे। अस्ट्रेलियाको नाथन इल्सले तीन, जस हाज्लेउडले दुई र क्यामरुन ग्रिनले एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]