मलेसिया जान ३ लाख ऋण लिएका अटो चालकले चिठ्ठामा जिते २५ करोड


असोज ३, एजेन्सी । भारतमा एक जना अटो चालकले चिठ्ठामा २५ करोड जितेका छन्। सेफको रूपमा काम गर्न मलेसिया जाने तयारी गरिरहेका अनुपले केरलामा ओनम बम्पर लट्रीमा २५ करोड जितेका हुन्।

उनले आइतबार २५ करोड जिते। तर, रोचक कुरा के छ भने शनिबार मात्रै उनले तीन लाख ऋणका लागि दिएको आवेदन स्विकृत भएको थियो।

त्यो भन्दा पनि अर्को रोचक के छ भने श्रीवरहमका अनूपले शनिबार मात्रै उक्त चिठ्ठाको टिकट खरिद गरेका थिए। उनले शनिबार खरिद गरेको TJ 750605 को टिकटले उनलाई केही दिनमा नै करोडपति बनाइदिएको छ।

तर यो उनको पहिलो रोजाइ नभएको उनले टिकट किनेको एजेन्सीमा उपस्थित सञ्चारकर्मीहरूलाई भने। उनले रोजेको पहिलो टिकट मन परेन, त्यसैले उनले अर्को टिकट रोजे जुन विजेता बनेको थियो।

ऋण र आफ्नो मलेसिया भ्रमणको बारेमा उत्साहित अनूपले भने, ‘आज बैंकले ऋणको सन्दर्भमा फोन गर्यो र मैले अब त्यसको आवश्यकता छैन भनें । म मलेसिया पनि जान्न ।’ उनले विगत २२ वर्षदेखि चिठ्ठाको टिकट किन्दै आएका छन् र विगतमा केही सयदेखि बढीमा ५,००० रुपैयाँसम्म जितेका छन्।

‘मैले जित्ने आशा गरेको थिइँन त्यसैले मैले टिभीमा लटरीको नतिजा हेरिरहेको थिइनँ। तर, फोन चेक गर्दा मैले जितेको देखेँ । मैले पत्याउनै सकिन र मेरी श्रीमतीलाई देखाएँ। उनले यो जित्ने नम्बर भएको पुष्टि गरिन्।’ अनुपले भनेका छन्। ‘तर म अझै तनावमा थिएँ, त्यसैले मैले चिठ्ठाको टिकट बेच्ने एक महिलालाई फोन गरे र उनलाई मेरो टिकटको फोटो पठाए। उनले यो जित्ने नम्बर भएको पुष्टि गरिन्।’

कर कटौती पछि अनूपले लगभग १५ करोड रूपैयाँ घर लानेछन्।

विपद्को सामना गर्न के गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले आफ्नो पहिलो प्राथमिकता आफ्नो परिवारका लागि घर बनाउने र आफूले लिएको ऋण चुक्ता गर्ने बताए। यसबाहेक, अनूपले आफन्तहरूलाई सहयोग गर्ने, केही परोपकारी काम गर्ने र केरलाको होटल क्षेत्रमा केही सुरु गर्ने बताए।

एजेन्सीमा उनीसँगै उपस्थित उनकी श्रीमतीले पत्रकारलाई उनी वर्षौंदेखि टिकट किन्दै आएको बताइन्।

संयोगवश, गत वर्ष १२ करोड रुपैयाँको ओनम बम्पर लटरी पनि एक अटो-रिक्शा चालकले नै जितेका थिए। कोची नजिक मराडुका अटो-रिक्शा चालक जयपालन पीआरले गत वर्ष चिठ्ठा जितेका थिए।

यस वर्षको दोस्रो पुरस्कार ५ करोड TG 270912 टिकट मालिकलाई जानेछ। त्यसैगरी, अरू १० जनाले जनही १ करोड पाउनेछन्।

राज्यका अर्थमन्त्री केएन बालगोपालले यसअघि यहाँ गोर्की भवनमा आयोजित लक्की ड्र समारोहमा विजेता नम्बर चयन गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]