दीपक बज्राचार्य सिड्नीमा, १० र ११ तारिख कन्सर्ट


ओ अमिरा गायक दीपक बज्राचार्य सिड्नी आइपुगेका छन्। बुधबार दिउँसो उनी मलेसिया हुँदै सिड्नी आएका हुन् । उनी आगामी शुक्रबार र शनिबार अर्थात् १० र ११ अक्टोबरको निम्ति आयोजना गरिएको कन्सर्टमा सहभागी हुन सिड्नी आएका हुन् । उनको साथमा उनको व्याण्डका अन्य सदस्यहरु पनि आइपुगेका छन् । स्थानीय रकडेलस्थित थर्ड आई विस्ट्रोमा आयोजना गरिने कन्सर्टमा दीपक बज्राचार्यले आफ्नो प्रस्तुति दिनेछन् । द क्रिम अफ रिदम नाम दिइएको यस कन्सर्टको अन्य संस्करण अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजना गरिनेछन् । रिदम व्याण्डका सदस्यहरुका साथ सिड्नी आएलगत्तै कार्यक्रमको तयारीमा जुट्ने आयोजक संस्था टिकेट्स एण्ड मोरले जनाएको छ । गायक बज्राचार्य र रिदम व्याण्ड पछिल्लो केही समयदेखि नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा लैजानको निम्ति प्रयत्नशील रहेको छ।

10391379_799321006798415_1211563007335380560_n

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]