भव्य भयो नेपाल फेस्टिभल मेलबर्न


भदौ २६, मेलबर्न अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिभल आज सेप्टेम्बर १० मा फेडेरेशन स्कयरस्थित भव्यताको साथ सम्पन्न भएको छ। फेस्टिभलमा सहभागिता हुन अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो। 

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिभलमा विशेष अतिथिहरूमा भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अन्य सरकारी विभागका प्रतिनिधिहरू उपस्थित भएका थिए।

 त्यसै गरी भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरू उपस्थित भएका थिए। 

बिहान ११ बजे टेजररी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभमुहर्त गरिएको थियो। परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीहरू पनि उपस्थित भएका थिए। नेपाल र अष्टेलियाको झण्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे बाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरू आकर्षण थिए। 

एकदेखि तीन बजेसम्म चलेको औपचारिक कार्यक्रम पानसमा बत्ती बालेर गरिएको थियो। दुवै देशको राष्ट्रिय गाना बजाउँदै गर्दा भर्खरै अवसान भएकी बेलायतकी महारानी एलिजावेथको शोकमा एक मिनेट मौन धारणा पनि गरिएको थियो। 

कार्यक्रममा बोल्दै भिक्टोरीयाका अध्यक्ष हरि खड्का, राजदूत कैलाश राज पोख्रेल, महावाणिज्यदूत चन्द्र योन्जन, आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण खड्का, अष्टे«लियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत सबै जनाले नेपाल फेस्टिभलको वृहत् मेलाको प्रशंसा गर्दै यसमा खट्ने सबैलाई धन्यवाद दिएर सबै जना कुनै जातजाति, राजनैतिक पार्टीको भन्दा पनि नेपाली भएर चिनाउनु पर्छ भनेर जोड दिएका थिए । सबै जनाले नेपालीहरूको विविधतामा एकताको पनि कुरा गरिएको थियो। 

त्यसै गरेर शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए। कार्यक्रममा सहभागी हुने सबै जना खादा र ढाका टोपी लगाएर स्वागत गरिएको थियो। विभिन्न नृत्यसहित संगीतले फेस्टिभलको माहोल तातिएको थियो। फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिइएको थियो। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]