‘नेपाल फस्टिभल मेलबर्न २०२२’को तयारी सम्पन्न : हरी खड्का 


भदौ ६, मेलबर्न अष्ट्रेलिया । आगामी सेप्टेम्बर १० मा हुन गइरहेको ‘नेपाल फेस्टिबल मेलबर्न २०२२’को तयारी पूर्ण भएको एनआरएन भिक्टोरिया संयोजक हरि खड्काले जानकारी दिएका छन्। 

नेपाल फेस्टिबल मेल्वर्न २०२२को तयारी र कार्यविधिको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भिक्टोरिया संयोजक खड्काले फेस्टिबललाई ऐतिहासिक बनाउन सबैको साथ र सहभागिता आवश्यक पर्ने बताएका थिए। 

स्वागत मन्तव्य दिँदै एनआरएनए भिक्टोरीयाका सचिव गणेश कँडेलले नेपाल फेस्टिवलको तयारी भव्य भइरहेको वताएका थिए। सम्मेलनमा फेस्टिबलको टाइटल स्पोन्र्सर बलूबेरी रियल स्टेटका सेल्स म्यानेजर महादेव धानुकले नेपाली कला संस्कृति, भाषा, भेषभूषा , गीत संगीत र नेपाली परिकार चिनाउने फेस्टिबलमा प्रायोजक हुनु गौरभको विषय रहेको बताए। 

फेस्टिबल पब्लिसिटि टिमका संयोजक हेम दुलालले फेस्टिबललाई नेपाली समुदायमा मात्रै सीमित नगरेर अन्य समुदायसम्म पुर्‍याउन काम भइरहेको  बताए।  कलाकार संयोजक राम कँडेलले कव वेभ व्याण्ड र लोक दोहोरी गायक बद्री पंगेँनी आउने पक्का भएको जानकारी गराएका छन्। 

साँस्कृतिक परेडका संयोजक तारा गैरेले दिदी बहिनी समाज भिक्टोरीयासँग सहकार्य गरेर परेड तयारी भइरहेको बताए। फेडरेसन स्वाक्यरमा हुने महोत्सवमा पारलेमेन्ट हाउसबाट परेड सुरु हुनेछ। त्यस्तै अतिथि संयोजक गणेश कँडेलले फेस्टिबलमा नेपाली दूतावासबाट राजदूत कैलाश राज पोख्रेल, भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नाटलि हुचिङ्गस्, भिक्टोरीया बाहुसाँस्कृतिक कमिसनको अध्यक्ष भिभिन न्यूहुङ्ग लगायत अन्य उच्च पदाधिकारीहरूको सहभागिता हुने जानकारी गराए। 

खाना र संस्कृति संयोजक विजय दाहालले नेपाली परिकारहरूको महत्त्व देखाउँदै नेपाली स्वाद विदेशीहरूलाई चखाउने सुनौलो अवसर रहेको बताए। स्वयंसेवक व्यवस्थापनबाट कृष्णा चालिसेले बोल्दै न्याभले स्वयंसेवक परिचालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै  स्वयंसेवकको लागी इच्छुकलाई न्याभमा सम्पर्क गर्न अनुरोध गरेका छन्। फेस्टिबलमा अहिलेसम्म ६ वटा प्याटेनियम स्पोन्र्सर रहेको, १६ वटा करपोरेट स्पोन्र्सर रहेको एनआरएन भिक्टोरिया संयोजक खड्काले जानकारी गराएका छन्।  

पत्रकार सम्मेलनमा फेस्टिबल टास्कफोर्सका संयोजक, फेस्टिबल कमिटिका सदस्यहरू र नेपाली समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]