चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु


भदौ ३, मुगु । मुगुको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ। चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन्।

नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ। बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]