क्विन्सल्याण्डमा भयानक दुर्घटना, एक जोडीले गुमाए ज्यान


साउन २७, मेलबर्न अष्ट्रेलिया । क्विन्सल्याण्डमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ३ वटा गाडी एकापसमा ठोक्किँदा भएको दुर्घटनामा २ जनाले ज्यान गुमाएका हुन्।

क्वीन्सल्याण्ड पुलिसका अनुसार एक पुरुष र महिला होम हिलबाट करीव २२ किलोमिटर दक्षिणमा रहेको वुन्जुंगाको ब्रुस राजमार्गमा उत्तरतर्फ जाँदै थिए। करीब ११ः ३० बजेको समयमा उनीहरूको कारलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो। सोही समयमा अर्को गाडी पनि ठोक्किन पुग्यो।

कारका चालक ६७ वर्षीय हार्बी बेको गम्भीर चोटका कारण घटनास्थलमा नै मृत्यु भएको थियो। उनकी ६२ वर्षीय प्रेमिकालाई गम्भीर अवस्थामा हेलिकप्टरमार्फत टाउन्सभिल विश्वविद्यालय अस्पतालमा लगिएको थियो। तर, उनको ज्यान जोगिन भने सकेन।

ट्रकका चालक ६१ वर्षीया दिरागुन महिला र तेस्रो गाडीका ३६ वर्षीय पुरुष चालक भने उक्त दुर्घटनाबाट उम्किए। उनीहरूलाई चोट नलागेको बताइएको छ।

फरेन्सिक प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]