सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण


साउन २७, न्युयोर्क । भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ। शुक्रबार चौतक्वा इन्स्टिच्युसले आयोजना गरेको कार्यक्रममा बोलिरहेको बेला बुकर पुरस्कार विजेता रुस्दीमाथि आक्रमण भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

‘द सतानिक भर्सेस्’ लेखेपछि वर्षौंसम्म ज्यान मार्ने धम्की सहेका लेखक रुस्दीमाथि कार्यक्रम स्टेजमा नै आक्रमण भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरी भागेका थिए। यसपछि कार्यक्रममा सहभागीहरू पनि दौडिएका थिए। रुस्दीमाथि छुरा प्रहार भएको आशंका गरिएपनि यसको पुष्टि हुन सकेको छैन।

रुस्दीमाथि आक्रमण भएको भनिएको भिडियोमा उपस्थितहरू आत्तिएको देखिन्छ। आक्रमणकारीलाई घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। यद्यपि रुस्दीको स्वास्थ्य अवस्थाबारे न्युयोर्क प्रहरीले जानकारी दिएको छैन।

रुस्दीका मिडनाइट चिल्ड्रेन, सेम, द मूर्स लास्ट साई, द गोल्डेन हाउसलगायतका उपन्यास चर्चित छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]