वडा सदस्यको मोटरसाइकल जंगलमा फेला


साउन २७, कञ्चनपुर । कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ। बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो।

मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]